+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाइडेनले गरे करिब १५ सय अपराधीलाई क्षमादान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १९:५६

२७ मंसिर, वासिङ्टन । कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् ।

समाचारहरूका अनुसार अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि बाइडेनले माफी पनि दिएका छन् । यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ ।

‘सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु’, बाइडेनले विज्ञप्तिमा भनेका छन्, ‘लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गरेको छु ।’

ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ ।

‘अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो’, बाइडेनले भने, ‘राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनःस्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने विशेषाधिकार छ ।’

यसै महिना बाइडेनले दुई आपराधिक मुद्दाका लागि सजाय भोगिरहेका छोरा हन्टरलाई आधिकारिक माफी जारी गरेकोमा आलोचित भएका थिए ।  (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?