२८ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन (युनेस्को)ले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ । किनकी सन् २०२४ को हालसम्म ६८ पत्रकारहरुले कामकै क्रममा ज्यान गुमाउनु परेको छ ।
पत्रकार र मिडियाकर्मीको हत्याको मामिला ६० प्रतिशत यस्तो देशमा भएको छ जहाँ युद्ध जारी छ । पछिल्लो एक दशकयता पत्रकारहरुको ज्यान गएको यो सबैभन्दा बढी हो । सन् २०२३ पनि पत्रकारहरुका लागि सुखद थिएन ।
युनेस्कोकी महानिर्देशक आन्द्रे अजुले भनेकी छन्, ‘टकराव, युद्ध र संकटबाट प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्नु र विश्वसनीय जानकारी दिँदै जागरुक गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । तर त्यही कामको सिलसिलामा पत्रकारहरु मारिनु निकै दुःखद छ । म सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दछु ।’
युनेस्कोको रिपोर्टका अनुसार यस वर्ष युद्धग्रस्त क्षेत्रमामात्रै ४२ पत्रकार मारिएका छन् । प्यालेस्टाइनमा सबैभन्दा धेरै १८ जना पत्रकार मारिएका छन् । त्यसपछि युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानमा पनि पत्रकारहरु मारिएका छन् । यसबाट हिंसा र अस्थीर क्षेत्रमा जोखिम बढेको भनेर बुझ्नुपर्ने युनेस्कोले जनाएको छ ।
#UNESCO reports that at least 68 journalists and media workers have been killed in the line of duty so far in 2024.
More than 60% of the killings took place in countries in conflict, the highest percentage in more than ten years.
📰 https://t.co/ezd8pYDQWE #EndImpunity pic.twitter.com/qfzCQFb7pQ
— UNESCO 🏛️ #Education #Sciences #Culture 🇺🇳 (@UNESCO) December 12, 2024
सन् २०२३ मा पनि यस्तै खालको दुःखद अवस्था थियो । युनेस्कोले भनेको छ, ‘यी दुई वर्ष (२०२३ र २०२४) मा टकराव र युद्धग्रस्त क्षेत्रमा सबैभन्दा धेरै पत्रकारहरुको मृत्यु भएको छ, जुन २०१६ र २०१७ यताकै सबैभन्दा धेरै हो ।
प्रतिक्रिया 4