+

लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित

२०८१ मंसिर  २८ गते १२:५० २०८१ मंसिर २८ गते १२:५०
लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक, लुम्बिनी अन्तिम खेलमा पनि पराजित

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सलाई  ५ रनले पराजित गरेको छ ।

कर्णालीले दिएको १२९ रनको लक्ष पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । डेथ ओभरमा कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिन ५ रनले चुकेको हो ।

यस जितपछि कर्णाली प्लेअ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अनतिम खेलमा पनि पराजित भएको छ ।

लुम्बिनीले लिगको सबै सात खेल खेलिसक्दा यो छैटौं हार हो । लुम्बिनीले एक खेल मात्र जित्न सक्यो ।

लगातार चौथो जित हात पारेको कर्णाली ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । अब कर्णालीले लिगको अनतिम खेल आउने सोमबार सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ ।

लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दिप जोराले २४ तथा आशुतोष घिरैया र साद विन जफरले समान १६ रन जोडे ।

बलिङमा कर्णालीका जिसान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, ननुदन यादव, विपिन शर्मा र विलियन बोसिस्टोले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले समान ३ चौका  र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

बलिङमा लुम्बिनीका लागि विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए ।

 

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय