 
																			१ पुस,बुटवल। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले आफूले प्राप्त गर्ने मासिक पारिश्रमिक र सेवा सुविधा वापतको रकमबाट विधार्थीलाई सात लाख ३० हजार रुपैयाँ छात्रवृत्ति बाँडेको बताएका छन्।
नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४६ जना विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजार रुपैयाँको दरले छात्रवृत्ति वितरण गरेको खाँडले बताए ।
आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दै आएका छन् ।
यसैगरी तिलोत्तमा नगरपालिकाले कक्षा ८, एस ई ई र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ जना विद्यार्थीलाई प्रति विद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैया र प्रशंसापत्रले सम्मान गरिएको छ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख खाँडले गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर चुनावी घोषणापत्रमा बाचा गरे अनुसार आफ्नो पारिश्रमिकबाट छात्रवृत्ति वितरण गरिएको बताए।
सो अवसरमा नगर उपप्रमुख जगेश्वर देबी चौधरी , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट छात्रवृत्ति वितरण गर्नु अरु जनप्रतिनिधिको लागि अनुशरणयोग्य भएको बताए।
तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले पनि आफूले पाउने मासिक पारिश्रमिक र सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थी लाई छात्रवृत्ति बाड्न शुरू गरेका थिए ।
तिलोत्तमामा वडा नम्बर ६ का वडा अध्यक्षले आफ्नो पारिश्रमिकको रकमबाट वडामा सेवाग्राहीलाई निशुल्क सेवा दिन लेखापढी कर्मचारी राखेर तलब दिने गरेका छन् ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4