+
+

सलोन र नम्रता अभिनित ‘रंगी’को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते ११:०९

काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म फागुन २ गते प्रदर्शन हुने घोषणा निर्माता कम्पनी सान्भी इन्टरटेनमेन्टले गरेको छ ।

बुधबार पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मितिबारे जनाएका हुन् । पोस्टरमा कलाकार समेत रहेका बस्नेत र बालकलाकार आयुषी ढकाललाई चित्रण गरिएको छ । मोसन पोस्टरमा डेब्यु अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई पनि देख्न सकिन्छ । मोसन पोस्टर हेर्दा सलोन र नम्रता दम्पतीको भूमिकामा देख्न सकिन्छ ।

सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्ममा दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्मले बाबुछोरीको कथा पेश गर्ने प्रस्तुतकर्ता समेत रहेका बस्नेतले बताए ।

बस्नेतले यो फिल्मबाटै निर्माणमा हात हालेका हुन् । ‘नेपाली बाबु’बाट अभिनय करिअर थालेका उनले ‘होस्टल’देखि लिड एक्टरको रुपमा अभिनय गर्न थालेका हुन् । ‘निर्देशक न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेत निर्माता रहेको फिल्म ‘रंगी’मा सुमन गजमेरको पटकथा, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन छ । ‘रंगी’सहित २ फागुनमा तीन फिल्म आउने पक्का भएको छ जसमा ‘दुखी आत्मा’ र ‘ताण्डवम’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?