+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

धुलिखेलमा विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन कार्यशाला सुरु

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आयोजना तथा जिल्लामा विपदको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसंघीय बालबालिकाको आपतकालिन कोष (युनिसेफ), सेभ द चिल्ड्रेन, केयर नेपाल, नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाहरुको सहयोगमा पुष ३ र ४ गते सञ्चालन हुने गरी कार्यशाला सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १९:१२

३ पुस, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका लागि कार्ययोजना निर्माण गर्ने उद्देश्यले दुई दिने कार्याशाला धुलिखेलमा सुरु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आयोजना तथा जिल्लामा विपदको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसंघीय बालबालिकाको आपतकालिन कोष (युनिसेफ), सेभ द चिल्ड्रेन, केयर नेपाल, नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाहरुको सहयोगमा पुष ३ र ४ गते सञ्चालन हुने गरी कार्यशाला सुरु भएको हो ।

कार्यशालाको खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गरे । खानेपानी मन्त्री प्रदीप यादवले बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि पुस दोस्रो सातासम्ममा कार्यविधि निर्माण भइसक्ने बताएका छन् ।

गृह मन्त्रालयले पुर्ननिर्माण सम्बन्धी कार्यविधि बनाएर मन्त्रीपरिषदमा पेश गरेको र मन्त्रीपरिषद्ले निर्णय गरिसकेपछि कार्यविधि विधेक समितिले समितिले निर्णय गरिसकेपछि यो हप्तामा निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री यादवले काभ्रेका तीन वटा पालिकाले लिखित आग्रह गरेमा एकीकृत खानेपानी आयोजना पुर्ननिर्माणको जिम्मा खानेपानी मन्त्रालयले लिने प्रतिवद्धता जनाएका छन् । आयोजनाको दीर्घकालिन व्यवस्थापन मन्त्रालयले गर्ने समेत उनले बताए ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य गोकूलप्रसाद बास्कोटा, सुर्यमान दोङ, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, रत्नप्रसाद ढकाल, लक्ष्मण ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, १३ पालिकाका प्रमुख उपप्रमुख, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख, पत्रकारहरू सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?