
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल शनिबार हुँदैछ ।
एनपीएल फाइनलको उत्साहलाई अझ रोमाञ्चक बनाउन एनसेलले ग्राहकलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ ।
यससँगै ग्राहकले एनपीएलका टिमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् ।
बिहीबारसम्म ५० हजारभन्दा बढी एनसेल ग्राहकले एनपीएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेको एनसेलले जनाएको छ ।
एनसेलका अनुसार प्रत्येक पीआरबीटीको शुल्क करसहित ३१ रुपैयाँ पर्ने र यो ३० दिनसम्म सक्रिय रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4