+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बारामा कारभित्र एकजना मृत फेला, घटना शंकास्पद

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते ११:०३

६ पुस, जनकपुरधाम । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् ।

बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

स्थानीयले ती व्यक्तिलाई कसैले गोली दागेर हत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थलमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ ।

घटनास्थल पुगेका एसपी खड्काले तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए । गोली लागेको वा नलागेको अहिले केही भन्न नसकिने एसपी खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?