+
+

ओली, देउवा र प्रचण्डको सहमति विना लेखा समिति सभापति बदलिंदैन : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १५:२१

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसदहरूले राजनीतिक सहमति विना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन् ।

‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमति विना लेखा समिति सभापति बदलिंदैन’, एमाले सचिव योगेश भट्टराईले भने ।

लेखा समितिको बैठक बसिरहेको छ ।

माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । एमाले सांसदहरू भट्टराई, गोकुल बास्कोटा लगायतले राजनीतिक सहमति बेगर नेतृत्व परिवर्तन नहुने बताए ।

‘फेर्ने भए फेरौं । राष्ट्रिय सभा अध्यक्ष पनि फेरौं’, बास्कोटाले भने ।

शीर्ष नेताको सहमति विना संसद्को पदाधिकारी र समिति सभापतिबारे अन्यथा निर्णय नहुने उनले पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?