+
+

सुरेशराज शर्मालाई पायोनियर आइसिटी अवार्ड, क-कस्ले कुन अवार्ड पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १५:०७

८ पुस, काठमाडौं । यसवर्षको पायोनियर आइसिटी अवार्ड काठमाडौँ विश्वबिद्यालयका सस्थापाक प्रा.डा. सुरेशराज शर्मालाई प्रदान गरिएको छ ।

लिभिङ विथ आइसिटीले ह्यात रिजेन्सी काठमाडौँमा आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा शर्मालाई प्रदान गरिएको हो ।

विभिन्न १५ विधामा आइसिटी अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाइ ‘रिकग्निसन’ अवार्ड प्रदान गरिएको आइसिटी अवार्ड मूल समारोह समितिका अध्यक्ष राजन लम्सालले बताए ।

यस्तै एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिंङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन् भने प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आइसिटी अवार्ड नामीका सस्थापक डा. विशेष खनालले प्राप्त गरे।

आन्टरप्रेनर्स आइसिटी अवार्ड फुडमान्डुका सस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आइसिटी अवार्ड न्युरल कम्पनिका सह-सस्थापक नामी बरालले प्राप्त गरेकी छिन् ।

यस्तै अवार्ड क्रिम्सन टेक कम्पनीले जित्न सफल भयो भने द एसिया फाउन्डेसन सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४ जियोकृषिले प्राप्त गरेको छ।

यसवर्ष प्रडक्ट आइसिटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्‍यो भने राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड स्पिकअपले आफ्नो पोल्टामा पार्‍यो ।

त्यसैगरी सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रोपे पब्लिक च्याइस आइसिटी अवार्ड ज्याप सर्भिसेसले प्रात गर्‍यो।

यसका साथै सातै देशहरुका स्टार्टअपहरु लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आइसिटी अवार्ड २०२४ भरतको हाइफन एससिएसले जितेको छ, अवार्डमा उत्कृष्ट ५ मा पर्न सफल अन्य देशका स्टार्टअपलाइ पनि सम्मान गरिएको छ ।

यसैगरी संस्थागत अवार्ड विधाहरुमा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आइएमइ पे ले जित्न सफल भएको छ । डिजिटल एजुकेसन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरमा क्रमश सुकुना माबि मोरङ र एलआरआइ कलंकीले प्राप्त गरेका छन्।

यस बाहेक सातै प्रदेशका सात सर्वोत्कृष्ट स्टार्टअपलाई समेत प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मान गरेको छ

यसवर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेश अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन्।

आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियासिल यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको बताए।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ ।

यी हुन् इनड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू

  • इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड: क्रिमसन टेक
  • प्रडक्ट आइसिटी अवार्ड: एपीआई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस)
  • राइजिङ स्टार आइसिटी अवार्ड: स्पिकअप नेपाल
  • द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्डः जियोकृषि
  • हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : ज्याप सर्भिसेस
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): एलआरआई स्कुल, काठमाडौं
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सुकुना माध्यमिक विद्यालय, मोरङ
  • एनसेल वुमन आइकन आइसिटी अवार्ड: बन्दना शर्मा
  • पायोनियर आइसिटी अवार्ड: प्रा.डा. सुरेशराज शर्मा
  • आन्टरप्रेनर आइसिटी अवार्ड: मनोहर अधिकारी
  • नेपाली डायस्पोरा आइसिटी अवार्ड: नामी बराल
  • डिजिटल सर्भिसेस आइसिटी अवार्ड: आईएमई पे
  • डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: सर्वोच्च अदालत
  • साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: हाइफेन एससीएस (भारत)
  • सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) : डेल्टा टेक, तेजस टेक, अभियान्त्रिक कर्मशाला, आकाश डिजिटल, निन्जा इन्फोसिस, बिजनेश अनलाइन सर्भिस र फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?