+
+

क्यान महासंघको अध्यक्ष पदमा सुनैना पाण्डे निर्विरोध

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को अध्‍यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १३:०५

११ पुस, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को अध्‍यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छिन् ।

नयाँ कार्यसमिति चयनका लागि बुधबार भएको अध्‍यक्ष पदमा पाण्डेको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध चयन हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

महासचिव अधिकारीका अनुसार क्यान महासंघको ३१औं वार्षिक साधारणसभा तथा १५औं महाधिवेशनबाट संस्थाले पहिलो महिला अध्यक्षको रुपमा सुनैना घिमिरे पाण्डेलाई पाउने भएको हो।

पुस १३ गते शनिबार क्‍यान महासंघको १५औं महाधिवेशन हुँदैछ । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी छिन् ।

जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् । साथै  उनले प्रविधिमार्फत समाज परिवर्तन गर्दै क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् ।

तत्कालिन समयमा उपाध्यक्ष रहेकी पाण्डेले २०७६ सालको निर्वाचनमा नवराज कुँवरसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिबेला पाण्डेकै समूहमा रहेका रणजित पोद्दार हाल अध्यक्ष छन्।

पोद्दार २०७९ मा भएको निर्वाचनमार्फत निर्विरोध निर्वाचित भएका थिए। अध्यक्ष पोद्दारले अर्को साता नयाँ अध्यक्षको रुपमा निर्विरोध निर्वाचित पाण्डेलाई पद हस्तान्तरण गर्नेछन्।

अध्यक्ष पद बाहेकका लागि भने निर्वाचन प्रतिस्पर्धा हुने देखिएको छ।

क्यानको संरचना अनुसार पदाधिकारीहरुका लागि सदस्य पदमा निर्वाचित हुनुपर्नेछ भने त्यसपछि मात्र सदस्यहरु बीच अन्य पदहरुका लागि निर्वाचन हुनेछ।

क्यान महासंघमा मनोनितसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति हुने र निर्वाचित सदस्यहरूले पदाधिकारी चुन्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?