+

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा (तस्वीरहरू )

२०८१ पुष  १२ गते १३:५७ २०८१ पुष १२ गते १३:५७
एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा (तस्वीरहरू )

१२ पुस, जनकपुरधाम। नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज जनकपुरमा भव्‍यताका साथ नगरपरिक्रमा गराइएको छ ।

जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् ।

विजय यात्रा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरू भएर थापा चोक हुँदै पिडारीचोक, रामानन्दचौक, बजरंगचोक, भ्रमरपुराचोक, जिरोमाइल,विश्वकर्माचोक,मुरलीचोक, रामचोक हुँदै जानकी मन्दिरपरिसरमा समापन गरिएको छ ।

जानकी मन्दिरमा परिसरमा जनकपुरधाम उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको छ ।

यसअघि मुख्यमन्त्री सतिश कुमार सिंहले रंगशाला मैदानमै पुगेर खेलाडीहरुलाई सम्मान गरेका छन् ।

पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

एनपीएल विजेता नगरपरिक्रमा
लेखक
शैलेन्द्र महतो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय