
१२ पुस, काठमाडौं। इजरायली वैज्ञानिकहरूले एक हजार वर्ष पुरानो एउटा बीउ जमाएर शेबा नामक विरुवा उमारेका छन् ।
जेरुसेलमको हदस्सा अस्पतालस्थित प्राकृतिक चिकित्सा अनुसन्धानकी निर्देशक सारा सल्लोनले एक हजार वर्ष पुरानो बीउलाई अंकुरित गराएर उक्त अनौठो विरुवा तयार पारेकी हुन् ।
उक्त बीउ सन् १९८० को दशकमा जुडियन मरुभूमिस्थित एउटा गुफामा फेला परेको थियो। उक्त बीउ बाइबलमा वर्णित गिलियडको बलसमको श्रोत रहेको विश्वास उनको थियो । उक्त वनस्पतिको प्रयोग औषधिको रूपमा हुन्थ्यो र आफ्नो सुगन्धका लागि प्रसिद्ध थियो।
उक्त बीउबाट उमारिएको वनस्पतिको नाम शेबा राखिएको छ। यद्यपि, अहिले यो विरुवा सुगन्धित भने छैन। एक हजार वर्ष पूरानो बीउबाट विरुवा उमारिएको सम्बन्धी यो शोध सेप्टेम्बर महिनाको कम्युनिकेसन्स जर्नलमा प्रकाशित छ ।
सल्लोनले यो शोधलाई १४ वर्षसम्म गोप्य राखिन् ताकि शेबाको पहिचान सुनिश्चित गर्न सकियोस्। यो खोज बाइबल तथा अन्य प्राचीन ग्रन्थहरुमा वर्णित औषधीय वनस्पतिको शोधको एक हिस्सा भएको उनको भनाइ छ। स्मरण रहोस् उनले यसअघि दुई हजार वर्ष पूरानो खजुरको बीउ पनि उमारेकी थिइन्।
यस्तो थियो सारा सल्लोनको खोज
साराले एक हजार वर्ष पूरानो बीउमा जीवन फर्काइन् । यो बीउ सन् १९८० को दशकदेखि हिब्रु विश्वविद्यालयको पुरातात्विक अभिलेखालयमा राखिएको थियो।
सल्लोनले सन् २०१० मा उक्त बीउ प्राप्त गरेकी थिइन् । त्यसबाट उनले एउटा यस्तो बिरुवा उमारिन् जुन सदियौं वर्षअघि मृत सागर बेसिनको आसपासका क्षेत्रहरूमा उमारिन्थ्यो भन्ने विश्वास छ। तर, इस्वी सम्वतको नवौ शताब्दीतिर यो वनस्पति लोप भएको थियो । त्यसयता नै यो वनस्पतिको वैज्ञानिक पहिचानका विषयमा बहस हुँदै आएको छ ।
सल्लोनको टिमले बीउ लगायो, त्यसलाई अंकुरित गर्यो र त्यसको हेरचाह गर्यो। उक्त बीउको बाहिरी बोक्राको कार्बन डेटिंग गर्दा त्यो सन् ९९३ देखि १२०२ इस्वी सम्वत्को बीचको भएको तथ्य पत्ता लाग्यो।
हजार वर्ष पूरानो बीउबाट उम्रिएको विरुवा अहिले १२ फिट अग्लो बनिसकेको छ। शेबाको पुनरूत्थाको कथा १४ वर्षसम्म गोप्य राखिएको थियो र अन्ततः यो शोध रिपोर्ट कम्युनिकेसन्स् बायोलोलजी जर्नलमा प्रकाशित भयो ।
स्मरण रहोस् यसअघि सन् २००५ मा सल्लोनलाई ६ वटा खजुरका बीउ दिइएको थियो । ती बीउहरू सन् १९६० को दशकमा मसाडास्थित खण्डहरहरूमा उत्खनन्का क्रममा भेटिएका थिए । ती दुई हजार वर्ष पूराना बीउहरूलाई सल्लोनले पाँच सातामै अंकुरित गरिदिइन् ।
दुई हजार वर्ष पुराना ती बीउहरू उमार्नु उनका लागि ठूलो सफलता थियो । खजुरपछि उनले अर्को एक हजार वर्ष पूरानो बीउ पनि उमार्नमा सफलता प्राप्त गरेकी हुन् र शेबाको अंकुरण अहिले ठूलै रूख बनिसकेको छ। एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4