+
+

सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १०:०६

१५ पुस, काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?