+
+

राष्ट्रपति पौडेलद्वारा जिमी कार्टरको निधनमा शोक व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १०:३९
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर ।

१५ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारका क्षेत्रमा गरेको काम विश्वकै लागि प्रेरणादायी भएको उल्लेख गरेका छन् ।

अमेरिकाको ३९ औं राष्ट्रपति कार्टरको आइतबार निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?