+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

शैक्षिक क्यालेन्डर पालना नभए विश्वविद्यालयमा जाने स्रोत रोक्ने चेतावनी

सोमबार विश्वविद्यालय अनुदान आयोगमा भएको सबै विश्वविद्यालयको पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले क्यालेन्डर पालना नभए स्रोत रोक्ने बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १९:०५

१६ पुस, काठमडौं । विश्वविद्यालयहरूले शैक्षिक क्यालेन्डर पालान नगरे सरकारले विश्वविद्यालयमा जाने स्रोत रोक्ने तयारी गरेको छ ।

सोमबार विश्वविद्यालय अनुदान आयोगमा भएको सबै विश्वविद्यालयको पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले क्यालेन्डर पालना नभए स्रोत रोक्ने बताएकी हुन् । शैक्षिक क्यालेन्डर कार्यान्वयन नहुँदा समयमा कक्षा, परीक्षा र नतिजा प्रकाशित हुन सकेको छैन ।

मन्त्री भट्टराईले समबन्धनको विषय पेचिलो बनेकाले वैज्ञानिक दृष्किोणबाट हेरिनुपर्ने बताइन् ।

‘विश्वविद्यालय स्वायत्त संस्था भएकोले नियन्त्रणको आवश्यकता नपर्ने तर स्वअनुशासन र स्वः नियन्त्रण आवश्यक छ,’ उनले भनिन् । आफूले सम्बन्धन दिएको कलेजको स्थिति अनुगमन गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?