+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
103/5 (15.3)
Shares

बलात्कारको आरोपमा तनहुँ र झापाबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १२:५५

१७ पुस, काठमाडौ । तनहुँमा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार आरोपमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी झापामा पनि १८ वर्षीया किशोरी बलात्कारको आरोपमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरी बस्ने भारतको पश्चिम बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?