+
+

बीआरआई छलफलमा झलनाथको टिप्पणी- ऋण लिन हुँदैन भन्नु थोत्रो अवधारणा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १४:१४

१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशबाट ऋण लिन हुँदैन भन्नु थोत्रा अवधारणा भएको टिप्पणी गरेका छन् ।

बीआरआई परियोजनाबारे आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले ‘ऋण लिन हुँदैन, अनुदानमात्र लिनुपर्छ भन्नु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा’ मात्रै भएको बताए ।

‘ऋण लिनै हुँदैन, अनुदान मात्र लिनुपर्छ भन्ने खालका अवधारणाहरु आफैं थोत्रा अवधारणाहरु मात्रै हुन्,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने विषयवस्तुलाई पेनेट्रेट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा मात्रै हुन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा सहमति हुनु सकारात्मक भएको बताए । यसले अरु सम्भावनाको ढोका खोलेको उनको भनाइ छ ।

‘फ्रेमवर्क एग्रिमेन्टपछि हामीले अनेकौं अरु आयोजनाहरु ल्याउन सकिने सम्भावनाहरु हुन्छ,’ उनले भने, ‘ती सम्भावनाहरुलाई अलि कंक्रिटली केलाएर, यो देशका बौद्धिक शक्तिको सुझाव समेत लिएर, राष्ट्रिय हितलाई सर्वोपरी राखेर त्यस्ता योजनाहरुको प्रस्तावहरु लगियो भने त्यसले हामीलाई फाइदा हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?