+
+

विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १७:१६

१७ पुस, काठमाडौं। सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिरकरणको कार्यकारी निर्देशकमा कटुवाललाई नियुक्त गरेको हो । उनी बाजुराका हुन् ।

यअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा आवेदन दिएकामध्ये योग्य ८ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । जस अनुसार  सेजमा भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारको दरखास्त स्वीकृत भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?