+
+

मोन्टेनेग्रोमा गोली हानेर १० जनाको हत्या, ३ दिन राष्ट्रिय शोक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १०:५५

१८ पुस, काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् ।

यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

प्रहरी अधिकारीहरुका अनुसार देशको दक्षिणी क्षेत्रको रेष्टुरेन्टमा बुधबार एक हतियारधारीले आक्रमण गरेका थिए । आक्रमणपछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए ।

सरकारका गृहमन्त्रीका अनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन् । यो घटनालाई उनले ‘भयानक घटना’ भनेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार गोली लागेर चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?