+
+

समाज परिवर्तनको संवाहक नै महिला हुन् : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १६:०४

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका हुन् ।

व्यवस्था परिवर्तनपछि पनि अवस्थामा परिवर्तन भएन भन्दै अहिले केही भएन भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ थियो ।

‘हिजो महिला जागरण ल्याउन सहज थिएन । आज महिला सामाजिकीकरण, जागरण असाधारण ढंगले भएको छ । महिला जागे भने समाज परिवर्तन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

विगतमा नेपालको राजनीतिक परिवर्तनमा महिलाको उल्लेख्य भूमिका रहेको भन्दै उनले अहिले जिम्मेवारीमा पुगेका महिलाहरूले पुरुषको तुलनामा उत्कृष्ट काम गरिरहेको पनि चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?