+
+

थाई प्रधानमन्त्री सिनावात्रासँग २० लाख डलरका ह्यान्डब्याग र ५० लाखका घडी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १९:४७

बैंकक । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन् ।

थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन् ।

पेटोङ्टार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा घोषणा गरेकी हुन् । उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन् ।

उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ ।

उनको अन्य सम्पत्तिमा करिब सात करोड ६० लाख भाट मूल्यका २१७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ । उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गरेकी छन् ।

स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उनले करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छन् । योसहित उनको कूल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर दिएको थियो ।

फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाई सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक सही भएको पुष्टि गरेका छन् ।

फोर्ब्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ । फोर्ब्सको सूचीमा उनी थाइल्यान्डको १०औं धनी व्यक्तिको रूपमा सूचीकृत छन् ।

थाक्सिनले आफ्नो सिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए ।

विश्लेषकहरूका अनुसार थाइल्यान्डमा सम्पत्ति र पारिवारिक विरासतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो ।

सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भने, ‘पूर्ण रूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

पारदर्शिताको कमीको दाबीको साथ यसलाई अक्सर सैन्य हस्तक्षेपको लागि जिम्मेवार मानिने गरिएको छ ।

-रासस/एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?