+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राप्रपाले थाल्यो नीति संवाद

भारतसँगको विद्युत व्यापार सम्झौताबारे सूर्यनाथ उपाध्यायसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १५:१२

२१ पुस, काठमाडौं । राप्रपाले विभिन्न क्षेत्रका विज्ञहरूसंग विभिन्न विषयमा अन्तरक्रिया गर्न ‘संवाद श्रृंखला’ प्रारम्भ गरेको छ । राप्रपा सम्बद्ध नीति, अनुसन्धान विभागले संवाद कार्यक्रमको थालनी गरेको हो ।

शृंखलाको पहिलो संवादमा शनिबार सम्पन्न भयो । ‘नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौताका दुरगामी प्रभावहरू’ विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त, जलश्रोतका जानकार एवं समुन्नत नेपाल गुठीका अध्यक्ष सूर्यनाथ उपाध्यायसँग संवाद शनिबार गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘हामी राजनीतिक, आर्थिक, सामाजिक र सबैखाले विषयमा विषयगत विज्ञहरूसँग निरन्तर छलफल कार्यक्रम चलाउँछौं,’ श्रेष्ठले भने, ‘विगतमा संवादका विभिन्न कार्यक्रमहरू भएका छन् अब यसलाई बहस शृंखलाकै रूपमा अघि बढाउँछौं । राप्रपालाई देशको अग्रणी पार्टी बनाउन हरेक हिसाबले तयार हुने कार्यक्रमहरू बनाइरहेका छौं ।

शनिबारको संवाद कार्यक्रममा जलस्रोतमा नेपालको सम्भावना, ऊर्जा क्षेत्रमा विगतमा भएका नीतिगत त्रुटी, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिबद्धता, ऊर्जा र भूराजनीतिलगायतका विषयमा उपाध्यायले धारणा व्यक्त गरेका थिए ।

संवादमा जलस्रोत व्यवस्थापनविज्ञ तेजेन्द्र केसीले सन्धि ऐन, नेपालको संविधान र सन्धि सम्झौताको अनुमोदन, सम्मेलन, स्वीकृति वा समर्थनसम्बन्धी प्रावधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय नीतिबीचको विरोधाभासगायतका विविध विषयमा प्रस्तुति दिएका थिए ।

पहिलो संवाद कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं पूर्वजलश्रोतमन्त्री पशुपतिशम्शेर राणा, पार्टीका पदाधिकारीहरू, कार्यसम्पादन समितिका सदस्यहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदह लगायत उपस्थित थिए ।

अध्यक्ष लिङ्देनले छोटो समय ऊर्जामन्त्री चलाउँदाका अभुनव पनि सुनाएका थिए । विभागका प्रमुख, पार्टीका कार्यसम्पादन समितिका सदस्य प्रा.डा.गीताभक्त जोशीले कार्यक्रमको औचित्य र संवाद श्रृंखलाको उद्धेश्यबारे प्रष्ट्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?