+
+

नेपाल मुद्रा विप्रेषक संघ नेतृत्वमा मित्तल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १३:२८

२१ पुस, काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको १९औं वार्षिक साधारणसभाबाट नेपाल रेमिट इन्टरनेसनल प्रालिका प्रतिनिधि मित्तल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

संघ उपाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल र महासचिवमा आईएमई लिमिटेडका दिवाकर पौडेल, कोषाध्यक्षमा एटीटी रेमिटका सञ्जीवकुमार पाठक र सचिवम प्रभु मनी ट्रान्सफरका रामेश्वर सापकोटा चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा सिद्धार्थ बैंकका विमल महत, ग्लोबल आईएमई बैंकका श्यामप्रसाद लामिछाने, प्रभु बैंकका मधुसूदन न्यौपाने र युनाइटेड रेमिटका सुदन सिं सिलवाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?