+
+

बारपाककी सूचिना हत्या आरोपमा पक्राउ परेका गुरुङ कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २१:१९

२१ पुस, गोरखा । बारपाककी सूचिना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालतको थुनछेक बहसपछिको आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१७ वर्षीया सूचिना हत्याको आरोपमा प्रहरीले गुरुङलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । उनी विरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । अदालतको आदेश अनुसार आइतबार उनलाई कारागार पठाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

गत १५ मंसिरमा घाँस काट्न जंगल जादाँ सम्पर्कविहीन भएकी सूचीना तीन दिनपछि मृत फेला परेकी थिइन् । गाडिएको अवस्थामा उनको शव भेटिएको थियो । हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय गुरुङले हत्या गरेको स्वीकार समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?