+
+

योग र ध्यानबारे प्रचण्ड : विश्वव्यापी दुई धारमध्ये हामीले प्रगतिशील धार समात्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १३:४८

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता/कार्यकर्तालाई नियमित रूपमा योग र ध्यान गर्न आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले योग र ध्यानबारे विश्वव्यापी अवस्थाको पनि विश्लेषण गरे ।

‘बिलकुल धार्मिक अन्धविश्वासँग जोडेर योग र ध्यानको दुरुपयोग गर्ने प्रवृत्ति पनि छ । यसलाई वैज्ञानिक र प्रगतिशील बनाउँदै अगाडि बढ्ने धार पनि विश्वव्यापी छ’ प्रचण्डले भनेका छन् ।

योग र ध्यानबारे विश्वव्यापी रहेको दुई धारको प्रवृत्ति नेपालमा समेत अनुभूत गर्न सकिने उनले बताए ।

‘नेपालमै पनि योग र ध्यानको कुरा गर्ने गुरुहरू एकथरी प्रगतिशील खालका छन्, उनीहरू हामीसँग जोडिन चाहेका हुन्छन्, हाम्रो विचारलाई राम्रो मान्छन् । एकथरी बिलकुल धार्मिक ढंगले लान चाहन्छन् । त्यसकारण हामीले प्रगतिशील अग्रगामी सोच सहितको योग ध्यानको कुरा गरेका हौं,’ उनले भने ।

योग र ध्यानको विषय राख्दा स्थानीय समितिको बैठकमा समेत कतिपयले चासो राखेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले माओवादीका नेता/कार्यकर्ताले प्रगतिशिल धार समात्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनले लिएको निर्णय अनुरूप पार्टीका सबै सदस्यहरूले योग र ध्यानलाई वैज्ञानिक रूपमा आत्मसाथ गर्दै त्यसलाई नियमित अभ्यासको विषय बनाएको पनि उनले विश्वास व्यक्त गरे ।

प्रचण्डको कार्ययोजनाममै भनिएको छ, ‘योग र ध्यान शिविरहरू आयोजना गरिनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?