२२ पुस, काठमाडौं । रश्मीकुमारी घिसिङले लगातार खेलमा ह्याट्रिकसहित चार गोल गरेपछि एन्फा महिला राष्ट्रिय लिग अन्तर्गत सुपर लिगमा विभागीय टोली एपीएफले वालिङमाथि गोलको वर्षा गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा रश्मीको चार गोल मद्दतमा एपीएफले स्याङ्जाको वालिङलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
एपीएफका लागि गीता राना र सरु लिम्बुले समान दुई तथा अनिता केसीले एक गोल गरे । रश्मीको यो लगातार दोस्रो ह्याट्रिक हो । उनले पहिलो खेलमा बागमती युथ क्लब विरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् ।
लगातार दोस्रो जितपछि ६ अंक जोडेको एपीएफ अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उता लगातार दोस्रो हार व्यहोरेको वालिङ अंकविहीन छ ।
पहिलो खेलमा एपीएफले बागमती युथ क्लबलाई ५-१ ले पराजित गरेको थियो । वालिङ भने अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग ५-० ले पराजित भएको थियो ।





 
                    










 २०८१ पुष  २२ गते १८:०८
                        २०८१ पुष  २२ गते १८:०८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4