+
+

लाखौं ठगीको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते २०:२७

२२ पुस, सप्तरी । सप्तरी प्रहरीले लाखौं रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ बभनगामा कट्टीका ४८ वर्षिय हनुमानी भनिने रामबहादुर रजक रहेका छन् ।

रजकमाथि सप्तरी जिल्ला अदालतबाट ठगी तथा अपराधिक विश्वासघात कसूरमा पक्राउ पूर्जी जारी भएकोले रजकलाई पक्राउ गरी पत्रकार सम्मेनलमार्फत सोमबार सार्वजनिक गरेको छ ।

उनीमाथि आवश्यक कारबाहीका लागि अदालतबाट म्यादसमेत थप गराएर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरी उपरीक्षक खतिवडाका अनुसार अहिलेसम्म रजकमाथि ४ जनाले उजुरी दिएका छन् ।

प्रक्राउ परेका रजकमाथि पैसा डब्बल गरिदिने नाममा ५० लाख रुपैयाँ बढीको ठगी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?