+

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

२०८१ पुष  २५ गते ७:४३ २०८१ पुष २५ गते ७:४३
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

२५ पुस, काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा एट्लेटिक क्लब बिल्बाओलाई हराउँदै बार्सा उपाधिनजिक पुगेको हो ।

बार्सिलोनाले बिल्बाओलाई २-० गोलअन्तरले हरायो । बार्सिलोनाका लागि गाबी र लामियन यमालले १-१ गोल गरे । दुवै हाफमा बार्साले एक-एक गोल गर्‍यो ।

१७औं मिनेटमा गाबीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।  ५२औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनाको २-० को जित पक्का गरे ।

बार्सिलोनाले रियल मड्रिड र मालोर्काबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनलमा रियल र मालोर्का बिहीबार राति खेल्ने छन् ।

सुपर कपको उपाधि बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ भने रियल मड्रिडले १३ पटक जितेको छ । पछिल्लोपटक बार्सिलोनाले सन् २०२३ मा तथा रियलले २०२४ मा जितेका थिए ।

बार्सिलोना स्पेनिस सुपर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय