 
																			२५ पुस, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् ।
नेताहरुको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा परेको उनले बताए ।
साह बिहीबार वीरगञ्जस्थित नारायणी रंगशालाको निरक्षण गर्न पुगेका थिए। त्यसक्रममा उनले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जिर्ण बनेको बताए ।
‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ वीरगञ्ज आउँनुभएको थियो। किन उहाँको नजरमा नारायणी रंगशाला परेन ?’ साहले प्रश्न गरे, ‘ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषी औजार कारखाना उहाँको नजर कि परेन ?’
भाषण गर्ने नभएर काम गर्ने नेता देशले खोजिरहेको उनले बताए ।
वीरगञ्जमा भाषण गरेर केपी ओली फर्किए। तर नारायणी रंगशाला प्राथमिकतामा परेन’ उनी थप्छन्, ‘ वीरगञ्ज आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको बिकासको बारेमा केही नसोच्ने ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4