+
+

अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १६:२७

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ ।

उनी गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।

घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै सोही दिन उनलाई पक्राउ गरिएको थियो ।

अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।

सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?