+
+

थाहा फिल्म फेस्टिभल पुस २८ देखि

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २०:३७

काठमाडौँ । थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ गते आइतबारदेखि मंगलबारसम्म आयोजना हुने भएको छ । कथानक, छोटा र वृत्तचित्रसहितका २० फिल्म महोत्सवमा स्क्रिनिङ हुनेछन् ।

थाहा कला केन्द्रले मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा फेस्टिभल गर्न लागेको हो । महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’, ‘मोदिवेनी’ लगायतका फिचर फिल्म देखाइनेछ ।

छोटा फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ लगायत छन् । डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’, ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ लगायत छन् । महोत्सवमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ र ‘नेपाली सिनेमाको विविधता’जस्ता समसामयिक विषयमाथि छलफल हुँदैछ ।

पर्यटकीय गन्तव्यका रूपमा परिचित र सांस्कृतिक रूपमा पनि धनी थाहा नगरपालिका फिल्म छायांकनका लागि रोजाइमा पर्ने थलो हो । ‘पर्यटनका लागि चलचित्र’ नारासहित आयोजना हुँदै आएको महोत्सवले फिल्ममार्फत आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्यसमेत लिएको छ ।

महोत्सव संयोजक प्रमोदकृष्ण जोशी भन्छन्, ‘काठमाडौँ र हेटौंडाजस्ता सहरको नजिकै रहेर पनि थाहा नगरपालिकामा हालसम्म कुनै सिनेमा हल सञ्चालनमा छैन । त्यसकारण सहजै सिनेमा हेर्न नपाउने यहाँका दर्शकलाई लक्षित गरी यो महोत्सव आयोजना गरिएको हो’ उनी भन्छन्, ‘फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटन पनि फस्टाओस् भन्ने हाम्रो उद्देश्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?