+
+

लेखा समिति सभापतिका स्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २२:२५

२५ पुस, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरियाले पाँच दिन हिरासत राख्न अनुमति प्राप्त भएको अनलाइनखबरलाई बताए । ‘ठगीको कसुरमा पाँच दिनको म्याद थप भएको छ । अब उहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं’ एसपी चिमोरियाले भने ।

आज बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?