
२५ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सूचीकृत आतंककारी कार्यमा संलग्न व्यक्ति, समूह वा संगठन वा त्यससँग सम्बन्धित व्यक्तिको खाता, लकर वा अन्य कुनै रकम संस्थासँग रहेको भए तत्काल रोक्का राख्ने र ३ दिनभित्र नेपाल राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने भएको छ ।
यस्तो जानकारी वित्तीय जानकारी इकाइलाई समेत दिनुपर्ने भएको हो । ‘सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्तिको खाता, लकर वा अन्य कुनै रकम संस्थासँग रहेको भए तत्काल रोक्का राखी नियमावलीको अनुसूची १० बमोजिमको ढाँचामा राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्ने छ,’ राष्ट्र बैंकले भनेको छ, ‘सोको एकप्रति वित्तीय जानकारी इकाइलाई समेत उपलब्ध गराउनुपर्ने छ ।’
सम्पत्ति शुद्धीकरण निवारण ऐनको परिच्छेद ६ (ख) बमोजिम प्रकाशन गरिएको सूची तथा नियमावलीको नियम ६९ बमोजिम गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूचीमा संलग्नहरूको विवरण माग गरेको हो ।
यस्तै त्यससँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए/नभएको नियमित रूपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना समेत गर्नुपर्ने भएको हो ।
प्रतिक्रिया 4