+
+

महिन्द्रा उत्सवका विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २०:३८

काठमाडौं । अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्रा उत्सव: महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौंको इनाम’ योजनाका विजेता घोषणा गरेको छ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी उक्त योजना सञ्चालन गरेको थियो ।

योजनामा रुकुमको चौरजहारी नगरपालिकाका डीपीडीएस निर्माण सेवा, चितवनको भण्डाराका डोलबहादुर श्रेष्ठ  र स्याङ्जाको चापकोटका इश्वर मल्ल विजेता बनेका छन् ।

विजेता बनेसँगै डीपीडीएस निर्माण सेवाले ४ लाख, मल्लले २ लाख र श्रेष्ठले १ लाख नगद पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताहरूलाई २ हप्ताभित्र नगद हस्तान्तरण गरिने छ।

बिहीबार काठमाडौंको गैह्रीधारा सेल्स टावरस्थित अग्नि ग्रुप महिन्द्रा सोरुममा आयोजित ‘लक्की ड्र’ मार्फत उनीहरू विजेता बनेका हुन् ।

लक्की ड्र कार्यक्रममा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरुता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल र एथ्लेटिक्स खेलाडी गोपिचन्द्र पार्की लगायतको सहभागिता रहेको थियो ।

कम्पनीले यो योजना १ असोजदेखि १६ पुससम्म सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?