+
+

अहिलेको सरकार अप्राकृतिक छ, अब चल्दैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १६:५३
फाइल तस्वीर

२६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अप्राकृतिक भएकोले अब नचल्ने बताएका हुन् ।

‘यो गठबन्धन अप्राकृति, अलोकतान्त्रिक र अप्राकृतिक छ भनेर मैले गम्भीर रुपमा पार्लियामेन्टमा पनि बाहिर पनि भनेको सुन्नुभएको छ । अप्राकृतिक ढंगले अब यो चल्दैन,’ प्रचण्डले भने ।

प्रचण्डले हिजो र आज विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

समाजवादी मोर्चामा सहभागी दलहरूसँग मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भएको प्रचण्डको भनाइ छ ।

‘मोर्चालाई सक्रिय पार्नेबारेमा नै हिजो र आज पनि छलफल भएको छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?