+
+

स्कुटर चोरी आरोपमा पोखराबाट ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १८:५२

२६ पुस, काठमाडौं । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय किरन परियार, पश्चिम नवलपारीको सुस्ता गाउँपालिका–५ का ३० वर्षीय प्रहदाल कोहार र पोखरा महानगरपालिका–११ का २६ वर्षीय सन्तोष लामिछाने छन् ।

९ पुसको राति १२ बजेतिर पोखरााको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग २५ प ७१३ र ग् १८ प २७३७ नम्बरको स्कुटर चोरी भएको थियो ।

चोरी आरोपमा १८ पुसमा प्रहरीले लामिछाने र परियारलाई पक्राउ गरेको थियो । उनीहरूले उक्त स्कुटर कोहारलाई बेचेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको कास्की प्रहरीको सूचना अधिकारी वसन्त शर्माले बताए ।

पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट डाँका चोरीको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?