२६ मंसिर, काठमाडौं । भ्रमण आयको तुलनामा भ्रमण खर्च उच्च हुँदा सेवा खाता घाटा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा सेवा खाता घाटा ४० अर्ब ७१ करोड पुगेको हो ।
गत आव २०८०/८१ को पहिलो ५ महिनामा सेवा खाता घाटा २६ अर्ब ५५ करोड थियो ।
सूचना प्रविधि सेवा निर्यात र भ्रमण आयातमा समेत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, भ्रमण व्ययमा उच्च वृद्धि हुँदा सेवा खाता घाटा बढेको हो ।
मंसिरसम्म भ्रमण आय ३.१ प्रतिशतले बढेर ३५ अर्ब १९ करोड पुगेको छ । यस्तै सूचना प्रविधि सेवा निर्यात ८ अर्ब ३६ करोड पुगेको छ । सूचना प्रविधि सेवा आयात भने १ अर्ब ३३ करोड बराबर छ ।
आवको ५ महिना अवधिमा भ्रमण व्यय १२.२ प्रतिशतले बढेर ८५ अर्ब १ करोड पुगेको छ । भ्रमण व्यय अन्तर्गत वैदेशिक अध्ययनमा जानेले गर्ने खर्च गत वर्षको तुलनामा सामान्य बढेको छ ।
गत आव ५ महिनामा अध्ययनमा जानेले गत वर्ष ४७ अर्ब ३४ करोड विदेशी मुद्रा लगेकोमा चालु आव ४७ अर्ब ४१ करोड लगेको राष्ट्र बैंकले जनाएको छ । अन्य भ्रमण खर्चमा भने उच्च वृद्धि देखिएको छ ।
प्रतिक्रिया 4