+
+
Shares

नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने, विदेशमा आर्जित सम्पत्ति स्वदेश ल्याउन पाइने

सरकारले नेपाली आइटी कम्पनीले विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने कानुनी व्यवस्था अध्यादेशमार्फत गरेकाे हाे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २७ गते ०:०७

२६ पुस, काठमाडौं । नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न पाउने भएका छन् ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाली आइटी कम्पनीले विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने कानुनी व्यवस्था अध्यादेशमार्फत गर्दैछ ।

अध्यादेशमा नेपाली आइटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था पनि गरिएको छ ।

सार्वजनिक सेवा सहजीकरण गर्नका लागि केही कानुनहरू संशोधन गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले अध्यादेश ल्याएको हो । राष्ट्रपतिबाट सो अध्यादेश प्रमाणीकरण भएपछि नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्ने बाटो खुल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?