 
																			२८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावरको नक्सा पासको प्रक्रिया निष्क्रिय बनाएको छ ।
‘काठमाडौ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानविन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानविन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ,’ महानगरले आइतबार एउटा सूचना जारी गर्दै भनेको छ ।
महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स बिच मिति ११ फागुन २०७१मा भ्युटावर निर्माणका लागि सम्झौता भएको थियो ।
महानगरपालिकाले सम्झौता अनुसार काम नगरेको भन्दै नक्सा पास प्रक्रिया रोकिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमार्फत नक्सा पासको काम भएको भन्दै महानगरले उनले बिदामा बस्न भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4