+
+

सफ्टवेरिका कलेजका ४०० विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते २०:३०

काठमाडौं । नेपालमा बेलायती शैक्षिक संस्था कोभेन्ट्री विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सका ४ सय जना विद्यार्थी दीक्षित भएका छन् ।

शनिबार हायत रिजेन्सीमा भएको एक कार्यक्रमबीच हालै स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।

कार्यक्रममा उपसभामुख इन्दिरा राणा मगरले विद्यार्थीलाई आफ्नै देशमा केही गर्न आग्रह गरिन् । देशमा नै प्रशस्त अवसर रहेको भन्दै उनले विद्यार्थीलाई आफ्नो समाज र देशलाई सेवा गर्नु पर्ने धारणा राखिन् ।

दीक्षान्त समारोहमा क्याम्पस प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थी अब आत्मनिर्भर हुन सक्ने बताए । अहिलेसम्म आफ्नो खर्चका लागि अभिभावकलाई गुहार गर्नु परेता पनि अब विद्यार्थी स्वयंले आफ्नो खर्च व्यवस्थापन गर्न सक्ने उनको भनाइ थियो ।

‘अब विद्यार्थीले परिवारलाई खर्चका लागि गुहार गर्नुपर्दैन । उनीहरूले अहिलेसम्म कलेजमा जे सिकेका छन्, त्यसले जहाँ गए पनि आर्थिक प्रगति गर्न निकै सहयोग गर्ने छ,’ उनले भने ।

कार्यक्रममा कोभेन्ट्री विश्वविद्यालयका उपप्रमुख डा. रेडा अल बोडुरले दीक्षान्त समारोहको महत्त्व र यसपछिको यात्राबारे जानकारी गराए । उनले विद्यार्थीले सबै कठिनाइहरू पार गर्दै यहाँसम्म आइपुगेको तथ्यलाई उजागर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?