+
+

कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ८:३९

२९ पुस, धनगढी । कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका-९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले चौधरीले पालेका ३२ पाठापाठी, ५ माउ र एक भाले बंगुरको मरेको बताए ।

१५ पुसदेखि बंगुरको मर्न थालेकोमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमूना परीक्षण गर्ने क्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको डीएसपी बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?