
२९ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघको विधान मस्यौदा समितिले परिमार्जित विधान बुझाएको छ ।
विधान संशोधन एवम् परिमार्जन गर्नका लागि २७ कात्तिकमा संघले केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाएको थियो ।
संशोधित विधानमा केन्द्रीय समितिको संख्या १३५ जनाको बनाइएको छ । २९ जना पदाधिकारी हुने व्यवस्था विधानमा राखिएको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेकका पदमा निर्वाचन हुनेछ ।
सङ्घीय संरचना र समावेशिताका अनुसरण गरेको विधान मस्यौदा संशोधित विधान आइतबार बुझाएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए । संघले बनाएको विधानलाई पार्टीले अनुमोदन गरेपछि लागु हुनेछ ।
विधान संशोधन र परिमार्जनका लागि आचार्यको नेतृत्वमा बनेको कार्यदलमा केन्द्रीय सदस्यहरु विवेक लिम्बू, राजेश कुमार श्रेष्ठ, शुनिल शाही र मन्जु विश्वकर्मा सदस्य थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4