+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न   

काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ ।

रासस रासस
२०८१ पुष २९ गते १२:४४

२९ पुस, काठमाडौं ।  काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो ।

मेलम्ची उपआयोजना–२ अन्तर्गत बिच्छ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए ।

परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका का उपनिर्देशक चन्द्रकुमारपाँ श्रेष्ठले बताए ।

उनले भने, ‘कूल ३३ वटा खानेपानी वितरण सञ्जालमा यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा दस गरी १४ वटा खानेपानी वितरण सञ्जालका तीनसय ५० किलोमिटर पाइलाइनको परीक्षण गरी बोर्डलाई हस्तान्तरण भइसकेको छ । तेस्रो चरणका बाँकी १९ वटा हस्तान्तरण प्रक्रिया अगाडि बढेको छ ।’

खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा कूल एक हजार १० किलोमिटर पाइपलाइन रहेको जनाइएको छ ।

सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा हालसम्म ६० हजार आठसय ३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको जनाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?