+
+

सर्लाहीमा बन्धक १५ वर्षीय भारतीय बालकको सकुशल उद्धार, तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते २०:२७

२९ पुस, काठमाडौं । सर्लाहीमा बन्धक भारतका १५ वर्षीय बालकलाई सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट बालकलाई उद्दार गरेको हो ।

अपहरण आरोपमा तीनजनालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा घर धनी ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय बिक्रम पासवान र बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने राम पुकार साहको छोरा २७ वर्षीय प्रवचन साह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनीहरूबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, मोबाइल १ थान, धारिलो चक्कु १ थान, हथौडा १ थान र बी.आर. ०६बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

प्रवक्ता श्रेष्ठले बालकलाई सुरक्षित रूपमा उद्दार गरी परिवारको जिम्मा लगाएको बताए ।

पक्राउ पर्नेकालाई अपहरण, शारीरिक बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?