+
+

माघे सङ्‍क्रान्तिको अवसरमा कन्काई नदी किनारमा माइमेला, भक्तजनको भीड 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १३:५८

१ माघ, झापा । माघे सङ्‍क्रान्तिको अवसरमा झापाको कन्काई नदी किनारमा लागेको माइमेलामा भक्तजनहरूको भीड लागेको छ ।

मंगलबार नेपालसहित भारतका विभिन्न ठाउँबाट हजारौंको संख्यामा तीर्थालुहरू कन्काइ नदी किनारामा स्नान गर्न आएको शिवसताक्षी नगरपालिका-१० का अध्यक्ष हर्क सिगुले जानकारी दिए  ।

अध्यक्ष सिगुका अनुसार कन्काई र शिवसताक्षीस्थित कन्काई नदी किनारमा २८ पुसदेखि माइमेला लागेको हो ।

माइमेलाको उद्घाटनशिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रूपमा गरेका थिए । मेला ३ माघसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?