+
+

डा. राजेन्द्र कोजुको ‘मुटुको कथा’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १९:१०

१ माघ, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुबाट लिखित ‘मुटुको कथा’ लोकार्पण भएको छ ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको बीच पुस्तकको लोकार्पण भएको हो ।

मुटुको कथाको लोकार्पण वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, बरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ माकजु, हास्यकलाकार हरिवंश आचार्य, मुटु रोग विशेषज्ञ डा. स्मृति शाक्यले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

मुटुको कथा भित्र ४१ वटा शीर्षकमा डा. कोजुले देखेका,भोगेका स्वास्थयसम्बन्धीको अनुभवलाई सरल भाषामा लेखेका छन् ।

‘जीवनको करिब ४० वर्षमा चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने र सो ज्ञानलाई सीपसहित स्वास्थय सेवा दिनेमा निरन्तर लागिरहँदा २३ वर्ष मुटुक्षेत्रमा केन्द्रित भएर उपचार गर्न तल्लीन भए,’ डा. कोजुले भने, ‘यस अवधिमा भोगेको, देखेको अनुभवको सग्रह नै मुटुको कथा हो ।’

धुलिखेल काभ्रेमा जन्मिएका मुटुरोग डा. कोजु चिकित्सा क्षेत्रका एक स्थापित चिकित्सक हुन् । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजन्जबाट एमबीबीएस तथा बिएसएम, मेडिकल विश्वविद्यालय ढाकाबाट एमडी (कार्डियोलोजी) गरेका डा. कोजु धुलिखेल अस्पतालका संस्थापक सदस्य तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिनसमेत हुन् ।

सम्पूर्ण जीवन नै स्वास्थ्य क्षेत्रमा बिताएका उनी प्राध्यापनमा निरन्तर छन् । युवा वैज्ञानिक अवार्ड, धुलिखेल रत्न, रजत जयन्ती पदक तथा सुप्रवल जनसेवा श्री पदक लगायतका पुरुस्कार तथा सम्मान प्राप्त गरेका उनी जनचेतनामूलक लेख–निबन्ध तथा आख्यान लेखनमा रूचि राख्नछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?