+
+

साइबर ब्यूरोको आग्रह- झूटा इमेलहरूको कुनै प्रतिक्रिया नदिनू

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १७:२४

३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरीका उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ ।

सीआईबी प्रवक्ता दीपक राज अवस्थीले बिहीबार विज्ञप्ति जारी गर्दै यस्ता घटनाप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स (झूटो) भएको भन्दै कुनै प्रतिक्रिया नदिन आग्रह गरिएको छ ।

‘नेपाल प्रहरी साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू HOAX इमेल भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन साथै कुनै प्रतिक्रिया (Reply) नदिनुहुन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ,’ सीआईबी प्रवक्ता अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?