+
+

नेपाली वायुसेवामाथिको प्रतिबन्ध खुलाउन ईयूका राजदूतसँग पर्यटनमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १९:२९

४ माघ, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।

शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जो सहित प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटमा मन्त्री पाण्डेले नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे ।

‘नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट सम्बन्ध छ । ईयू नेपालको प्रमुख विकास साझेदार पनि हो,’ मन्त्री पाण्डेले भने, ‘हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा ईयूको निरन्तर सहयोगप्रति कृतज्ञ छौं । त्यसकारण ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चााडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध छ ।’

राजदूत लोरेन्जोले ईयूको हवाई प्रतिबन्धले नेपाली पर्यटन क्षेत्रमा परेको असरबारे जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिइन् । उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताइन् ।

राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिबारे समेत उच्च सोचसाथ हेरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?