+
+

माघ १८ मा संसद् अधिवेशन बोलाउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते ११:३५

६ माघ, काठमाडौं । संघीय संसदको नियमित अधिवेशन यही माघ १८ गते बोलाउनेबारे छलफल थालिएको छ । सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो ।

‘अब बस्ने मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानको निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्न सक्छ वा यसअघिको मन्त्रिपरिषदमा भएको छलफलका आधारमा समेत निर्णय भएर राष्ट्रपतिकहाँ सिफारिस जान सक्छ’ सत्तारुढ दलका एक नेताले भने ।

संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गरिरहेका छन् ।

एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ । संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?